कञ्चनपुर : कञ्चनपुर जिल्लाको गुलरियामा इलेक्ट्रिकल हाइस दुर्घटना भएको हो।
मंगलबार साँझ महेन्द्रनगरबाट अत्तरियातर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १४२५ नम्बरको हाइस दुर्घटना हुँदा चालकसहित ८ जना घाइते भएका छन्।
घाइते मध्ये ४ जनाको निसर्ग अस्पताल धनगढी र ४ जनाको निमेष अस्पताल गुलरियामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
हाइस राजमार्ग छेउमा अनियन्त्रित भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ। हाइसमा १० जना सवार थिए। गाडी खाल्डोमा परेकाले निकाल्ने काम भइरहेको प्रहरीले बताएको छ।
प्रतिक्रिया दिनुहोस्