घोडाघोडीमा पहिलो पटक सरकारी लवाङ्गी पूरा हुने

सुखड : कैलालीको घोरीघोरा (घोडाघोडी)मा पहिलो पटक सरकारी लवाङ्गी पूरा हुने भएको छ। धार्मिक तथा पर्यटकीय क्षेत्र घोडाघोडी मन्दिरमा सरकारी स्तरबाट पहिलो पटक पूरा हुने भएको हो।

घोडाघोडी नगरपालिकाले मङ्सिर २१ गते हुने घोरीघोरा लवाङ्गी पूजा सरकारी स्तरबाट हुने बताएको छ। नगर प्रमुख खडकबहादुर रावतले पहिलो घोडाघोडी मन्दिरमा सरकारी टोली जाने बताएका हुन। नगरपालिकाले पूजा सामाग्रीसहित टोली पठाउने भएको हो। उनले भने, ‘विगत लामो समयदेखि थारू समुदायले घोडाघोडी मन्दिरमा लवाङ्गी पूजा गर्दै आउनु भएको छ।

SHIKHAR COOL TECH

त्यो पूजामा स्थानीय सरकारको प्रत्यक्ष संलग्नता, सहभागी र त्यो नागरिकले अनुभूति हुने गरीकन उपस्थिति देखिनु पर्छ। पहिलो चोटि हामी स्थानीय सरकारको तर्फबाट सरकारी पूजा गर्दे छौँ।’ नगर प्रमुख रावतले प्रत्येक वर्षको लवाङ्गी पूजामा स्थानीय सरकारको पूजा पनि नियमित हुने बताए।

“हमार संस्कृति हमार पहिचान, संस्कृति जगेर्ना करना हमार अभियान” नारासहित घोरीघोरा लवाङ्गी पूजा तथा थारू सांस्कृतिक महोत्सव २०८१ बुधवारबाट सुरु हुँदैछ। घोडाघोडी नगर भल्मल्सा कार्य समिति, घोडाघोडी सन्त समागम समाज र घोडाघोडी तथा संस्कृति संरक्षण समाजको संयुक्त आयोजनामा मङ्सिर १९ गतेदेखि २१ गतेसम्म घोराघोरी लवाङ्गी पूजा तथा थारू सांस्कृतिक महोत्सव हुँदैछ।

लवाङ्गी पूजाको दिन घोरीघोरा मन्दिरमा हरेक वर्ष बलि चढाउने गरिन्छ। मन्दिरमा भाकल गरेका तथा नगरेका मानिसहरूले गाउँ–गाउँबाट कुखुरा, बोका, सुँगुर लगायतका पशु पंक्षिहरू मन्दिरमा चढाउने गर्दछन्। विगतमा थारू समुदायले मात्रै पुज्ने तथा बलि दिने गरेकोमा यस पूजालाई पछिल्लो समय अन्य समुदायले पनि आत्मसाथ गर्ने गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार