कपडा गोदाममा आगलागी हुँदा ८० लाखको क्षति

धनगढी : कैलालीमा कपडाको गोदाममा आगलागी हुँदा ८० लाखको क्षति भएको छ।

जिल्लाको बर्दगोरिया गाउँपालिका–२ बौनियाको द्वारिका प्रशाद धमालाको घरमा रहेको कपडाको गोदाममा आगलागी हुँदा गोदाम भित्र रहेको कपडा तथा इलेक्ट्रिक लगायतका सामान गरि अन्दाजी मुल्य ८० लाख बराबरको धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ।

धनगढी सूचना

उक्त आगलागीबाट घरधनी ८२ वर्षीय मुक्ति प्रसाद धमला धुँवाले निसास्सियर अचेत भई खापर पोलिक्लिनिक बौनियामा उपचार भईरहेको, आगलागी नियन्त्रण लिने क्रममा सोही ठाउँ बस्ने ३९ वर्षीय टेकराज जोशी र प्रहरी जवान टंकध्वज मगर घाईते भएका छन्।

घाइतेहरुको बर्दगोरिया अस्पताल बौनियामा उपचार भईरहेको प्रहरीले जनाएको छ। उक्त आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिई सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार