पोखराको खराब शुरुआत चितवनसँग ८८ रनले पराजित

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको पाँचौ खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई हराएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा पोखरा ८८ रनले पराजित भएको हो । 

पहिले ब्याटिङ गरेको चितवनले ७ विकेटको क्षतिमा १६१ रन बनायो । रवि बोपाराले सर्वाधिक ५१ रन बनाएको इनिङ्समा रेमन राइफर, बास डे लिडे र बिपिन कार्कीले समान २ विकेट लिए । 

धनगढी सूचना

जवाफमा पोखराले १३.२ ओभरमा अलआउट हुँदै ७४ रनमात्र बनाउन सक्यो । नारायण जोशीले सर्वााधिक ३० रन बनाएको इनिङ्समा मार्कस क्रिट्लीले १७ रन बनाए । त्यसबाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरो स्कोर जोड्न सकेनन् । 

पहिलो ओभरमै तीन विकेट लिएर पाकिस्तानी बलर सोहेल तन्भिरले कमाल गरेका थिए । त्यस्तै रिजन ढकाल र लुक बेन्केन्स्टिनले ३–३ विकेट नै लिए । 

योसँगै चितवनले लगातार दोस्रो जित हासिल गरेको छ । पोखराले भने पहिलो खेल खेलेको हो । 

यसअघिका खेल
– चौथो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले हरायो । सुदूरले ७ विकेटको क्षतिमा १८२ रन बनाएकामा विराटनगर ९२ रनमा समेटियो । 
– तेस्रो खेलमा जनकपुर बोल्टसले कर्णाली याक्समाथि ८ विकेटको जित हासिल गरेको हो ।

–दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । विजयी शुरुआत गर्ने क्रममा चितवनले काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको हो । 

–उद्घाटन खेलमा जनकपुर बोल्टसले विराटनगर किंग्समाथि शानदार ८ विकेटको जित हासिल गरेको थियो ।  

पहिलो पटक आयोजित एनपीएलमा आठ टिम रहेका छन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार