भरुवा बन्दुकसहित बझाङबाट २ जना पक्राउ

बझाङ : बझाङमा भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन्। जिल्लाको बित्थडचिर गाउँपालिका–१ बित्थडखोलाबाट एक थान भरूवा बन्दुकसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो।

वित्थडचिर गाउँपालिका–१ का ४१ वर्षीय पूर्णबहादुर बोहरा र ३९ वर्षीय रामबहादुर खड्कालाई प्रहरी चौकी बित्थडबाट खटिएको प्रहरी टोलीले बन्दुकसहित नियन्त्रणमा लिएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार