डडेल्धुराको नवदुर्गा गाउँपालिकाले अतिरिक्त कक्षा सञ्चालन गर्ने !

डडेल्धुरा : डडेल्धुराको नवदुर्गा गाउँपालिकाले पालिकाभित्र रहेका विद्यालयहरूमा अतिरिक्त कक्षा सञ्चालन गर्ने नीतिगत निर्णय गरेको छ । गाउँपालिकाले आउदो पुष १ गतेदेखी उक्त कक्षाहरु सञ्चालन गर्ने जनाएको हो ।

पछिल्लो पटक विद्यार्थीहरूले राम्रो नतिजा ल्याउन नसकेकाले शिक्षा समितिको बैठकबाट सो–निर्णय गरिएको गाउँपालिका शिक्षा शाखा प्रमुख रवी चौधरीले बताए । अतिरिक्त कक्षा सञ्चालन गर्ने देशभरमै रहेका ७ सय ५३ स्थानीयतह मध्ये नीतिगत रुपमा निर्णय गर्ने नवदुर्गा गाउँपालिका देशको पहिलो स्थानीयतह रहेको उनले बताए ।

धनगढी सूचना

उनले अहिले गाउँपालिकाले प्रत्येक ५ वटै वडामा शैक्षिक बहससमेत सञ्चालन गर्न लागेको बताए । सोमबार पालिकाको वडा नं ५ मा रहेको बिजयाशैनी मावि, चामाचौडमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न शैक्षिक बहस आयोजना गरेको पालिकाले जनाएको छ । शिक्षक, विद्यार्थी, जनप्रतिनिधि तथा अभिभावक र व्यवस्थापन समितिहरू समेत अन्तरक्रिया गरि अतिरिक्त कक्षा सञ्चालन गर्ने पालिकाको योजना छ ।

पालिका अध्यक्ष लक्ष्मी प्रसाद अवस्थीले पालिकाको अतिरिक्त कक्षा सञ्चालन गर्ने अभियानले शैक्षिक गुणस्तर सुधारमा राम्रो प्रतिफल दिने विश्वास रहेको बताए । उनले एउटा विद्यार्थी कमजोर हुनु, असफल हुनुमा कोही जिम्मेवार नदेखिने र अन्तिममा अभिभावक वा विद्यार्थी मात्र कमजोर देखिने परिपाटीको अन्त्य गरि प्रतिस्पर्धी विद्यार्थी उत्पादन हुने बताए ।

पालिकाले कुल ४० लाख बजेट विनियोजन गरि कक्षा ३, ५, ८ र १० मा अध्ययनरत विद्यार्थीहरूलाई गणित, विज्ञान र अङ्ग्रेजी विषयका विषयगत शिक्षकहरूले अतिरिक्त कक्षा सञ्चालन गर्ने कार्यविधि बनेको छ । अतिरिक्त कक्षामा पढाउने शिक्षकले प्रति विषय, प्रति पिरियड, प्रति विद्यार्थी ४ सय पाउने बताईएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार