नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर

काठमाडौं : चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङबीच भेटवार्ता भएको छ। 

दुई मुलुकका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न ८ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

धनगढी सूचना

नेपालका तर्फबाट कायम मुकायम परराष्ट्र सचिव अमृतबहादुर राईले हस्ताक्षर गरेका हुन्। थप विवरण आउन बाँकी छ।

वार्ताअघि प्रधानमन्त्री ओलीलाई चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल चीनको औपचारिक भ्रमणमा मंगलबार बेइजिङ गएको हो।

प्रधामन्त्रीको भ्रमण टोलीमा सरकारी खर्चबाट ३९ जना र निजीबाट ४८ जना गरी ८७ जना रहेका छन्। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार