आजेदेखि गोदावरीमा १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुँदै !

धनगढी : कैलालीको गोदावरी नगरपालिकामा आज (मंगलबार)देखि नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुँदैछ।

१५औं संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि गोदावरी नगरपालिका–७ हरैयामा रहेको दुर्गा भवानी माविमा सुरु हुन लागेको हो। प्रतियोगिताको गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। मंसिर २१ गते सम्म सञ्चालन हुने प्रतियोगितामा यस वर्ष ४५ विद्यालयका २२ सय बढी विद्यार्थी सहभागि हुँदै छन।

SHIKHAR COOL TECH

जसमा २३ वटा सामुदायिक र २२ वटा संस्थागत विद्यालय रहेका छन। प्रतियोगिता अन्तरगतका ५ विधाका खेल दुर्गा भवानीको प्राङ्गणमा हुने छन भने एथलेटिक्सका खेल स्याउलेमा रहेको सैपाल युवा क्लबको खेल मैदानमा हुने छ।
प्रतियोगिता अन्तरगत ६ विधामा खेल खेलाइने छ।

जसमा मार्सलाटका ३ विधा, एथलेटिक्स, भलिबल र कबड्डीका खेल रहेको खेल संयोजक शिवराज भट्टराईले बताएका छन। प्रतियोगिता अन्तरगतका ५ विधाका खेल दुर्गा भवानीको प्राङ्गणमा हुने छन भने एथलेटिक्सका खेल स्याउलेमा रहेको सैपाल युवा क्लबको खेल मैदानमा हुने छ।

प्रतियोगितामा पहिलो हुने विद्यालयलाई २० हजार दोस्रो हुने विद्यालयलाई १५ हजार र तेस्रो हुने विद्यालयलाई १० हजार नगद पुरस्कार पनि दिईन आयोजक नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ। यस वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सँग-सँगै नगर स्तरीय अतिरिक्त क्रियाकलाप पनि आयोजना गरिने जनाइएको छ। जसमा कक्षा १ देखि ८ कक्षा सम्मका विद्यार्थी सहभागी हुने छन।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार