कञ्चनपुर भीमदत्त ६ का काङ्ग्रेसका प्रकाशचन्द्र विजयी

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द विजयी भएका छन् । चन्द एक हजार १०७ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका बहादुर चन्दले चार सय ८७ मत पाएका छन् ।

SHIKHAR COOL TECH

राष्ट्रिय प्रजातन्त्र पार्टीका सुशील कुमार भट्टले तीन सय ६९, नेकपा एकीकृत समाजवादी पार्टीका जितेन्द्रबहादुर चन्दले दुई सय २५, राष्ट्रिय स्वतन्त्र पार्टीका रामदत्त भट्टले दुई सय १८,स्वतन्त्र उम्मेदवार थानेश्व लेखकले एक सय ४२ मत पाएका छन् ।

नागरिक उन्मुक्ति पार्टीका हरिश डगौराले एक सय २७, माओवादी केन्द्रका नानाराम कोलीले एक सय २२ मत पाएका छन् ।

२०७९ सालको निर्वाचनमा पनि यो वडामा नेपाली कांग्रेस विजयी भएको थियो । वडा अध्यक्ष महेन्द्र खड्काको सवारी दुर्घटनामा परेर निधन भएपछि भएको उपनिर्वाचनमा पनि कांग्रेस नै विजयी भएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार