एक युवती र खैरो हेरोइनसहित चारजना पक्राउ

धनगढी : धनगढीमा एक युवतीसहित ४ जना खैरो हेरोइनसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१० सालघारीबाट से २ प १९५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर खैरो हेरोइनसहित पक्राउ परेका हुन्। किशोरलाई १५० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरी टोलीले आइतवार फेला पारि मोटरसाईकल र उनलाई नियन्त्रणमा लिएको हो।

SHIKHAR COOL TECH

यस्तै धनगढी उपमहानगरपालिका–१ सिभिल टोलबाट सोही ठाउँ बस्ने ३५ वर्षीय रोशन सिंह, २४ वर्षीया बर्षा चौधरी र १५ वर्षीय किशोर खैरो हेरोइनसहित पक्राउ परेका हुन्।

यी तीनै जनालाई १९० मिलिग्राम (खैरो हेरोइन)सहित अस्थायी प्रहरी पोष्ट शान्तीनगरबाट खटिएको प्रहरी टोलीले आइतवार १० बजे राति फेला पारि नियन्त्रणमा लिएको हो। चारै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार