बझाङको सुर्मा–४ मा कांग्रेसका पुजारा विजयी

बझाङ : झाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार धिरेन्द्र पुजारा विजयी भएका छन्।

पुजाराले ६५७ प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार लठिचन्द्र बोहराले ४८७ मत प्राप्त गरे। यहाँ माओवादी केन्द्रका उम्मेदवार पुष्कर बोहराले १७ मत प्राप्त गरे।

यहाँ यसअघि एमालेले जितेको थियो। एक हजार ५५४ मतदाता रहेको सुर्मा ४ मा आइतबार भएको उपनिर्वाचनमा एक हजार १७८ मत खसेको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार