नम्बर नखुलेको गाडीले ठक्कर दिँदा ड्युटीमा रहेका सशस्त्रका सईको मृत्यु

काठमाडौं : सिरहामा नम्बर नखुलेको गाडीले ठक्कर दिँदा सशस्त्र प्रहरीका सईको मृत्यु भएको छ । बरियारपट्टी गाउँपालिका-१ कचनारी बोर्डर नजिक ठक्करबाट सई लक्ष्मणप्रसाद यादवको मृत्यु भएको हो ।

ड्युटीमै रहेका बेला आइतबार बिहान करिब ३ बजे नम्बर खुल्न नसकेको चारपाङ्ग्रे गाडीको ठक्करबाट उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्र पासवानले जानकारी दिएका छन् । यादव बीओपी बरहरीमा कार्यरत थिए ।

धनगढी सूचना

सई यादवलाई ठक्कर दिएर गाडी भारततर्फ भागेकाले नम्बर खुल्न सकेको छैन । गाडीको खोजतलास भइरहेको उनले बताएका छन् । तीव्र गतिमा आएको गाडी सई यादवले रोक्न खोजेपछि उनैलाई ठक्कर दिएर भागेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यादवको शव पोस्टमार्टमका लागि लहान प्रादेशिक अस्पताल लगिएको छ । घटनापछि सीमा नाकामा सुरक्षा कडाइ गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार