रवि लामिछानेको बयान अझै जारी, आज पोखरा फर्काइने तयारी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि सरकारी वकिलको कार्यालय लगिएको छ । शुक्रबारदेखि काठमाडौं प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बाँकी बयानका लागि सरकारी वकिलको कार्यालय लगिएको हो ।

केही समय अगाडि सरकारी वकिलको कार्यालय पुर्‍याइएका उनको बयार सुरु भएको छ । बिहीबार साँझ पोखराबाट काठमाडौं ल्याइएका लामिछानेको बयान नसकिएकाले कम्तीमा आइतबारसम्म काठमाडौंमा नै रहेका थिए । शुक्रबार बिहान देखि सुरु भएको बयान सो दिनको अपराह्न ३:३० बजे सकिएको थियो ।

धनगढी सूचना

सहकारी ठगीको मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका उनलाई कालीमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा लामिछानेलाई बयान लिन काठमाडौं ल्याइएको हो । बयान सकिएमा आजै उनलाई पोखरा फर्काइने तयारी छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार