भीमदत्त नगरपालिका–६ को उपनिर्वाचनमा मतदाताको उपस्थित

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा मतदान भइरहेको छ। बिहान ९ बजेसम्म ५ सय २२ मत खसेको जिल्ला निर्वाचन अधिकारी उदयराज जोशीले बताए।

५ हजार ४३४ मतदाता रहेको उक्त वडामा राजनीतिक दलका १० र स्वतन्त्र २ गरि १२ जनाले उम्मेदवारी दिएका छन्। वडाध्यक्षका लागि एक मतदान स्थल र ६ वटा केन्द्रमा मतदान भइरहेको छ। बिहानको समयमा चिसो भएका कारण मतदान स्थलमा मतदाको संख्या कम देखिएको छ।

Galaxy

चिसो कम भएपछि मतदाताको उपस्थिति बढ्ने अनुमान गरिएको छ। एक वर्षअघि मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्ष महेन्द्र खड्काको मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार