गाउँ गाउँ पसेर नक्कली मह बेच्ने १३ जना पक्राउ

टीकापुर : गाउँ गाउँ घुमेर मह बेच्ने १३ जना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरी बसपार्क नजिकैको आँधी खोला होटेल र न्यु मङ्गलासैनी होटेलबाट पक्राउ गरेको हो । उनीहरूको साथबाट पाँच क्विन्टल भन्दा बढी मह बरामद गरेको छ । 

मह बिक्रेताहरूले मरेका मौरी, मौरीको चाका र मह अलगअलग भाँडामा राखेको अवस्थामा फेला परेका छन् । मरेका मौरी र सुकेको चाका अलगअलग बाल्टीमा र मह प्लास्टिकका झोलामा राखेको पाइएको छ । उनीहरूले बिक्री गर्न लैजाँदा मह, महको चाका र मरेका मौरी एउटै भाँडोमा मिसाएर लैजाने गरेका छन् ।

धनगढी सूचना

महका चाकाहरू गुटका खाएर थुकेको बाल्टीमा पनि राखिएका भेटिएका छन् । कोठा भाडामा लिएर मह बिक्रेता बसेका होटेलमा प्रहरीले खानतलासी सुरु गरेपछि केही जना भागेका प्रत्यक्षदर्शीले बताएका छन् ।

वर्षेनी यो सिजनमा नक्कली महको बिगबिगी हुने भएकाले मौरी पालक किसानहरूले गरेको निगरानीका आधारमा उनीहरू पक्राउ परेका हुन् । मङ्सिर १५ गते मह बेच्दै लम्कीचुहा नगरपालिका पुगेका विक्रेतालाई पछ्याउँदै गर्दा टीकापुर बसपार्कमा ठुलो मात्रामा नक्कली मह राखेको फेला पारेपछि प्रहरीलाई जानकारी गराइएको मौरी पालक किसान प्रदीप न्यौपानेले बताए ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक नवीन राजा बुढाथोकीले मह बिक्रीमा संलग्न १३ जनालाई पक्राउ गरी उनीहरूको साथमा रहेको मह पनि बरामद गरी परिमाण यकिन गर्न लागिएको र जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार कारबाही अघि बढाउने बताए ।

मह बिक्रेता मध्येका एक गुलाबले मह सक्कली भएको र आफूहरूले तुलसीपुर, नेपालगन्ज र टीकापुर आसपासका गाउँहरूबाट सङ्कलन गरेर ल्याएको दाबी गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार