कञ्चनपुर : कञ्चनपुरमा धारिलो हतियार प्रहार गरेर एक महिलाको ह*त्या भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार राति भीमदत्त नगरपालिका–८ का स्थानीय ४८ वर्षीय नरेन्द्रसिंह विष्टले आफ्नै श्रीमती ३० वर्षीया ज्योति विष्टको ह*त्या गरेका हुन् ।
प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार बेलुका घरायसी विवादका क्रममा नरेन्द्रले हँसियाले ज्योतिको घाँटीमा हानी ह*त्या गरेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्