शिक्षक सङ्घका पूर्व अध्यक्ष ज्ञवालीको निधन

काठमाडौं : नेपाल शिक्षक संङ्घका पूर्व अध्यक्ष मोहनप्रसाद ज्ञवालीको मृत्यु भएको छ ।

शुक्रबार साँझ करिब ८ः३० बजे काठमाडौंको धापासीस्थित हरिहर मन्दिरको सिँढिमा लडेर गम्भीर घाइते हुनुभएका ज्ञवालीलाई महाराजगन्ज वृत्तबाट खटिएको प्रहरी र स्थानीयले उद्वार गरी शिक्षण अस्पताल पुर्याएका थिए ।

Seti Hospital

प्रहरी वृत्त महाराजगन्जका प्रमुख रविन्द्रनाथ पौडेलका अनुसार ज्ञवालीलाई अस्पताल लग्दा चिकित्सकले मृत घोषणा गरेका हुन् । ज्ञवालीको शरीरको बाहिरी भागमा खासै ठूलो चोट पटक नदेखिएको र पोष्टमार्टम रिपोर्टपछि मृत्युको थप कारण खुल्ने पनि पौडेलले बताए ।

नेपाल शिक्षक सङ्घका पूर्व उपाध्यक्ष प्रेमनारायण भण्डारीका अनुसार ज्ञवाली शुक्रबार नियमितजस्तै संगठनका साथीहरूसँग भेटघाट गरी साँझ  हात्तीगौडास्थित निवासमा फर्किने क्रममा धापासी मन्दिर परिसरमा लडनुएको थियो। मृत्युको थप कारण भने खुल्न बाँकी छ । 

पोष्टमार्टमपछि ज्ञवालीको शवलाई श्रद्धाञ्जलीका लागि नेपाली शिक्षक संघको केन्द्रीय कार्यालयमा राखिने भण्डारीले जानकारी दिनुभयो । ज्ञवालीको निधनप्रति नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभासदस्य डा. चन्द्र भण्डारीले दुःख व्यक्त गर्नुभयो। उहाँले लोकतान्त्रिक आन्दोलनका योद्धा ज्ञवालीको निधनले आफू  मर्माहत रहेको बताउँदै नेपालको शिक्षा क्षेत्रले एक महत्वपूर्ण चिन्तक र देशले एक होनहार छोरा  गुमाएको बताउनुभयो ।

वि.सं २०२२ असोज २ गते गुल्मीको छत्रकोट –३ हर्दिनेटामा जन्मिनुभएका ज्ञवाली नेपाल शिक्षक संघको पाँचौ र छैठौं महाधिवेशनबाट केन्द्रिय अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँको एक श्रीमती हुनुहुन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार