आरजू राणाको धनगढीस्थित निवास अगाडि बम राख्ने धामी पक्राउ

धनगढी : नेपाली कांग्रेसका सभापति, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी (परराष्ट्र मन्त्रीसमेत) आरजू राणा देउवाको धनगढीस्थित निवास अगाडि बम राखेको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ।

राणाको धनगढी उपमहानगरपालिका–४ बसपार्क नजिकैको घर अगाडि बम राखेको आरोपमा गौरीगंगा नगरपालिकाका दानबहादुर धामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

SHIKHAR COOL TECH

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका नेकपा (बहुमत) का एक नेताले देउवाको निवास अगाडि धामीलाई बम राख्न लगाएको बयान दिएपछि शुक्रबार पक्राउ गरिएको हो।

उनी नेकपा(बहुमत) निकट भएको प्रहरीको भनाई छ तर अहिले उनी आफूलाई विप्लव निकट भएको दाबी गरिरहेको प्रहरी स्रोत बताउँछ। गत भदौमा देउवाको निवास अगाडि अज्ञात समूहले विस्फोटक वस्तु राखेको थियो।

उक्त विस्फोटक वस्तु बम भएको पाइएपछि नेपाली सेनाको टोलीले डिस्पोज गरेको थियो। प्रहरीले यसअघि बम राखेको आरोपमा नेकपा बहुमतका चार जनालाई पक्राउ गरेर समेत अनुसन्धान गरेको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार