एनपीएलको पुरस्कार राशी एक करोडभन्दा बढी हुने

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार राशी एक करोडभन्दा बढी हुने भएको छ।

नेपाल क्रिकेट संघका कोषाध्यक्ष पदम खड्काले एक अन्तरवार्तामा एनपीएलको पुरस्कार राशी अहिलेसम्मकै उच्च हुने र एक करोडभन्दा माथि नै हुने जानकारी गराएका हुन्। ‘एनपीएलको हाइप र लगानी अनुसार पुरस्कार राशी अहिलेसम्मै उच्च हुनेछ,’ उनले भने, ‘यसको पुरस्कार राशी एक करोडभन्दा माथि नै हुन्छ।’

Galaxy

सोही अन्तर्वार्तामा कोषाध्यक्ष खड्काले टिकट बिक्रीको बारेमा पनि जानकारी गराएका छन्। उनले ४७ लाख रुपैयाँको एनपीएलको सिजनल पासको टिकट बिक्री भइसकेको बताए।

उनले थपे, ‘अहिलेसम्म हरेक दिन हुने गेमको टोटल सेल चाहिँ ४७ लाखको भएको छ भने पहिलो खेलको सबै टिकट सोल्ड आउट भइसकेको छ।’

नेपालमा क्रिकेट क्रेज अनुसार भौतिक संरचना नभएका कारणले पनि अहिले सबैलाई मैदानमै आएर हेर्न सम्भव नभएको समेत बताए। त्यसका लागि पूर्वाधारमा लगानी बढाउनुपर्नेमा जोड दिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार