धनगढी : कैलालीमा पार्टीको नाममा चन्दा उठाउँदै हिड्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
बिहिबार प्रहरीले चन्दा उठाउँदै हिडेको आरोपमा अछामको तुर्माखाद गाउँपालिका–४ चिसीका ३६ वर्षीय तिलकबहादुर बयक र राष्ट्रिय सम्मेलन आयोजक समिती सदस्य रुपन्देहीको बुटवल उपमहानगरपालिका–८ का ३२ वर्षीय मुक्तिराम गैरेलाई पक्राउ गरेको हो ।
बर्दगोरिया गाउँपालिका कार्यालयमा गएर सहयोग रसिद देखाएर चन्दा मागिरहेको गुनासो आएपछि इलाका प्रहरी कार्यालय बौनियाको टोलीले दुवै जनालाई पक्राउ गरेको थियो ।
उनीहरुको साथबाट श्रमिक कम्युनिस्ट पार्टीको प्रर्चा, पम्पलेट सहित नगदि रसिद समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्