काठमाडौँ : नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजना गरेको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) भोलिदेखि सुरु हुँदैछ । क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भोलि एनपीएलको भव्य शुभारम्भ हुँदैछ ।
उद्घाटन खेल विराटनर किङ्स र जनकपुर बोल्टबीच हुनेछ । घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपीएलमा ८ फ्रेञ्चाइज टिम विराटनगर किङ्स, जनकपुर बोल्ट, चितवन राइनोज, काठमाण्डौं गुर्खाज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा विश्वकपसहितका उच्चस्तरीय प्रतियोगिता खेलेका चर्चित स्वदेशी तथा विदेशी खेलाडी विभिन्न टिमबाट खेल्दैछन् । हरेक टिममा न्यूनतम चारदेखि अधिकतम ६ जनासम्म विदेशी खेलाडी छन् । स्वदेश तथा विदेशमा रहेका नेपाली क्रिकेटप्रेमीले एनपीएलको व्यवग्रतापूर्वक प्रतीक्षा गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्