कैलाली र कञ्चनपुरमा साढे ९ लाख बढीको अवैध सामान फेला

कैलाली : कैलाली र कञ्चनपुरमा साढे ९ लाख बढीको अवैध सामान फेला परेको छ । दुबै जिल्लाका विभिन्न स्थानमा अन्दाजी ९ लाख ६५ हजार ८ सय ३० मूल्यको अवैध सामान फेला परेको हो ।

कैलालीको धनगढी-९ सिमलघाट, भजनी नगरपालिका-५ झुठाघाट, टीकापुर नगरपालिका-७ बिस्नु कान्तिपुर, टीकापुर-९ बालुवाटार, लम्कीचुहा नगरपालिका-३ चिसापानी बजार र जोशीपुर गाउँपालिका-३ फाडियाबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ३ लाख १६ हजार ३०० मूल्यको प्याज, चिनी, बदाम, सुर्ती, प्लाष्टिक झिल्ली, सिद्रा माछा, मोटरसाइकल एक थान लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

धनगढी सूचना

कञ्चनपुरको भीमदत्त नगरपालिका-४ मदनचोक, भीमदत्त-१० भन्सार कार्यालय नजिक र बेलौरी नगरपालिका-२ बैजुडाँडाबाट भारतबाट भन्सार छली ल्याएका अन्दाजी ६ लाख ४९ हजार ५३० मूल्यको चिनी, मिश्री, मैदा, युरिया मल, मोबाइलका सामान (डिस्प्ले, बडी, सेल्फसाईड), थान कपडा, धोती, माछा, प्लाष्टिक झिल्ली लगायत जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरुबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको बताएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार