लम्कीचुहामा महोत्सवको लागि विद्यालय बन्द गर्न उर्दी जारी

कैलाली : कैलालीको लम्कीचुहा नगरपालिकाले लम्कीचुहामा आयोजना गरिएको महोत्सवको लागि विद्यालय बन्द गर्न उर्दी जारी गरेको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै महोत्सवका लागि १४ देखि १६ गतेसम्म सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई बन्द गर्न निर्देशन जारी गरिएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत तप्त भण्डारीले लम्की चुहा उद्योग वाणिज्य सङ्घको पत्रअनुसार स्थानीय बिदा दिएको भन्दै सूचना जारी गरेका हुन् ।

SHIKHAR COOL TECH

‘यही मंसिर ६ देखि १६ गतेसम्म सञ्चालन भइरहेको लम्की महोत्सव २०८१ मा विद्यार्थीहरूका लागि विज्ञान प्रदर्शनी, विद्यार्थीहरूको विज्ञान प्रविधिबाट आविष्कार गरेका उपकरणको प्रदर्शनी तथा विद्यालयस्तरीय नृत्य प्रतियोगिता हुने भएको हुँदा १४ देखि १६ गतेसम्म स्थानीय बिदा दिएको जानकारी गराइन्छ’, नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

महोत्सवको लागि नगरपालिकाभित्रका सबै विद्यालय बन्द गर्न लगाउने नगरपालिकाको निर्देशनको अहिले सबैतिरबाट विरोध भइरहेको छ । सामाजिक सञ्जालमा शिक्षाको गुणस्तर सुधार गर्नुपर्ने दायित्व रहेको नगरपालिकाले नै महोत्सव सफल बनाउन स्थानीय बिदा दिएको भन्दै आलोचना भइरहेको छ ।

मेयर सुशीला शाही अहिले वैदेशिक भ्रमणमा छिन् । उपमेयर जुना चौधरीले बिदा सम्बन्धमा आफूलाई जानकारी नरहेको बताइन् ।

‘मैले पनि सामाजिक सञ्जालमै हेरेर थाहा पाएको हुँ, हिजो साँझ ६ बजेसम्म म कार्यालयमै थिएँ । बिदा दिने निर्णय भएको छैन, कहाँबाट कसले निर्णय ग्‍यो, यो जानकारी छैन । म बुझ्दैछु’, उनले भनिन् ।

वडा नम्बर १ का अध्यक्ष नेत्र खनालले पनि बिदा दिने विषयमा कुनै निर्णय नभएको र आफूलाई पनि यस विषयमा कुनै जानकारी नरहेको बताए ।

विज्ञान प्रदर्शनी रहेको र विद्यार्थीहरूको नृत्यहरू पनि रहेको हुँदा उद्योग वाणिज्य सङ्घको आग्रहपछि बिदा दिइएको वडा नम्बर ३ का अध्यक्षसमेत रहेका नगरपालिकाका प्रवक्ता लव शाहीले जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार