धनगढी : धनगढीको नवजीवन अस्पताललाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशंसा पत्र प्रदान गरेका छन्। सामाजिक सुरक्षा कोषद्वारा आयोजित सातौँ सामाजिक सुरक्षा दिवशको अवसरमा नवजीवन अस्पताललाई प्रधानमन्त्री ओलीले प्रशंसा पत्र प्रदान गरेका हुन्।
सामाजिक सुरक्षा कोषमा आवद्ध भई आर्थिक बर्ष २०८०/८१ मा योगदानकर्ताहरुलाई निरन्तर सेवा प्रवाह गर्ने सेवा प्रदायक स्वास्थ्य संस्थाहरु मध्ये सुदूरपश्चिममा सबैभन्दा बढी सेवा दिन सफल भएको भन्दै सामाजिक सुरक्षा कोष थापाथली काठमाडौंले अस्पताललाई प्रशंसा पत्र प्रदान गरेको हो। सामाजिक सुरक्षा कोषमा आवद्ध अस्पतालहरु मध्ये सुदूरपश्चिममा नवजीवन अस्पतालले गत आर्थिक वर्षमा सबैभन्दा बढी सेवाग्राहीलाई सेवा दिएको थियो।
सातौं सामाजिक सुरक्षा दिवसको अवसरमा कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री ओलीले नवजीवन अस्पतालका कार्यकारी निर्देशक चक्र कठायतलाई प्रशंसा पत्र प्रदान गरेका हुन्। सामाजिक सुरक्षा कोषले नवजीवन अस्पतालको कामलाई मूल्याङ्कन गरी सम्मान प्राप्त भएको अस्पतालका कार्यकारी निर्देशक खडायतले बताए। उनले अस्पतालले आगामी दिनमा आफ्ना सेवालाई थप चुस्त र दुरुस्त पार्ने बताए।
नवजीवन अस्पताल २०६२ साल फाल्गुन १७ गते स्थापना भई हालसम्म निरन्तर विषेशज्ञसहित स्वास्थ्य उपचारका सेवा प्रदान गरिरहेको छ। स्थापना कालमा १५ शय्याको अस्पतालको स्वीकृति लिई २०६८ सालबाट स्वास्थ्य सेवा विभागबाट ५० शय्याको स्वीकृती पाएको हो। नवजीवनले २०७९ असोजदेखि सय शय्याबाट उपचार सेवा प्रदान गरिरहेको छ।
निजी लगानीबाट सञ्चालन भएको नवजीवनले सामाजिक उत्तरदायित्व अनुरुप नेपाल सरकारसँगको सहकार्यमा विभिन्न दुर्गम स्थानमा स्वास्थ्य शिशिर संञ्चालन गर्दै आएको कार्यकारी निर्देशक खडायतले बताए। उनले अस्पतालले आमा सुरक्षा कार्यक्रम, खोप कार्यक्रम क्षयरोगको बिरामीको निःशुल्क औषधी वितरण लगायतको कार्य गर्दै आएको बताए।
प्रतिक्रिया दिनुहोस्