धनगढी । मानव तस्करीविरुद्ध अभियान सञ्चालन गर्दै आएको शान्ति पुनर्स्थापना गृहको शाखा कार्यालय धनगढीले एक आर्थिक वर्षमा मानव बेचबिखन तथा ओसारपसारको सिकार भएका ९ हजार ५ सय ८२ जनालाई काउन्सिलिङ गरेको छ ।
वार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रम आयोजना गर्दै गृहले उक्त विवरण सार्वजनिक गरेको हो ।
गृहका अनुसार आर्थिक वर्ष २०७९ ८० मा मानव तस्करीको सिकार भएका ३ सय ९३ जनाको उद्धार गरिएको छ । त्यस्तै ३ केसमा कानूनी प्रक्रिया पूरा गरेर मुद्दा दर्ता गरिएको गृहको धनगढी शाखाले जनाएको छ ।
त्यस्तै गत आर्थिक वर्षमा धनगढीमा ६ हजार ९ सय ४३, टिकापुरमा १ हजार ९ सय २९, हसुलियामा ४ सय ८७ र भजनीमा २ सय २३ जनालाई काउन्सिलिङ गरिएको छ ।
यस्तै सोही समयमा धनगढीमा २ सय ९१, टिकापुरमा ८२, हसुलियामा ११ र भजनीमा ९ जनाको उद्धार गरिएको गृहको तथ्यांकमा उल्लेख छ । पछिल्लो समय सीमावर्ती क्षेत्रमा मानव बेचबिखन तथा ओसारपसारका घटना बढिरहेको बेला शान्ति पुनर्स्थापना गृहले सीमानाकामा डेस्क नै संचालन गरेको मानव तस्करीविरुद्धको अभियान चलाएको छ ।
यसरी गृहले सञ्चालन गरेको अभियानबाट थुप्रै नेपाली महिलाहरु मानव बेचबिखनको सिकार हुनबाट जोगिएका छन् ।
प्रतिक्रिया दिनुहोस्