इट्टा उधोगको कथा: मजदुर खुसि, साहु तनावमा

सावित्री जोशी

धनगढी । इट्टा उत्पादनका लागि प्रख्यात मानिने कञ्चनपुरमा सयौँ इट्टा उद्योग सञ्चालनमा छन् । जसमध्ये भीमबस्तीमा मात्रै ५० भन्दा बढी इट्टा उद्योग सञ्चालनमा छन् ।

भीमबस्तीमा उत्पादन हुने इट्टाले कञ्चनपुर मात्रै नभएर आसपासका जिल्लाको मागसमेत धान्छन् । कञ्चनपुरको भीमबस्तीमा उत्पादन भएका इट्टाहरु कैलाली, डोटी, डडेल्धुरा, बाँके, बर्दिया लगायतका जिल्लामा पनि पठाउने गरेको न्यु साहरा इट्टा उद्योगका सञ्चालक खुम बहादुर बानियाँले बताएका छन् ।

धनगढी सूचना

इट्टा उद्योगमा २०६५ सालमा जोडिएका बानियाँले चार जनाको सहकार्यमा आर्थिक वर्ष २०६९/७० मा इट्टा उद्योग दर्ता गराएका थिए ।

त्यसअघि उनी इट्टा उद्योगमा लामो समय मजदुरी गर्दै आएका थिए । लामो समय इट्टाभट्टामा मजदुरी गरेका बानियाँ धेरैपछि मात्रै उद्योग सञ्चालक बनेका हुन् । वर्षभरीमा करिब ८ महिना मात्रै इट्टा उद्योग सञ्चालन हुने भन्दै बानियाँले उद्योग सञ्चालनपछि सोचेजति मुनाफा नभएको बताएका छन् ।

बानियाँका अनुसार हाल इट्टा उद्योगमा नेपालीसँगै भारतीय नागरिकहरुले पनि मजदुरी गर्छन् । सीमावर्ती क्षेत्र भएकाले पनि तुलनात्मक रुपमा उद्योगमा भारतीय मजदुरको संख्या बढी छ । बानियाँका अनुसार इट्टा उद्योगमा काम गर्ने मजदुरहरुले प्रतिइट्टा ९ रुपैयाँदेखि १२ रुपैयाँसम्म पाउने गरेका छन् । त्यसमा पनि इट्टाको गुणस्तरका आधारमा मूल्य फरकफरक हुने गरेको बानियाँले बताएका छन् ।

उद्योगमा इट्टा पकाउन प्रयोग हुने कोइला भारतबाट आयात हुन्छ । तर कहिलेकाहिँ भारतमा पनि कोइलाको अभाव हुँदा तेस्रो मुलुकबाट पनि कोइला आयात गर्नुपर्ने बाध्यता रहेको बानियाँले बताए ।

तेस्रो मुलुकबाट कोइला आयात गर्दा खर्च पनि बढि हुने र प्रक्रिया पनि झन्झटिलो हुने भएकाले इट्टा व्यवसायीका लागि राज्यले समन्वयकारी भूमिका खेल्नुपर्ने बानियाँले बताएका छन् । ‘इट्टा पकाउन नभई नहुने कोइला हो, कहिलेकाहिँ कोइलाको अभाव हुँदा बाहिरबाट आयात गर्नुपर्छ’, उनले भने, ‘बाहिरबाट मगाउँदा महँगो पनि पर्छ, झण्झटिलो पनि हुन्छ । यस्तो अवस्थामा हामी व्यवसायी थप मर्कामा पर्ने गरेका छौँ । यसमा राज्यले समन्वयकारी भूमिका खेल्नुपर्छ ।’

त्यसो त इट्टा उत्पादनको सिजन पुस माघ हो । तर कहिलेकाहिँ वर्ष हुँदा पकाउनका लागि ठिक्क पारिएका इट्टा भिजेपछि ठूलो क्षति हुने गरेको बानियाँको भनाई छ ।

यता उद्योगमा काम गर्ने श्रमिकहरु भने निकै खुसी छन् । वर्षभरीमा ८ महिना काम हुने र ४ महिना खाली रहने हुँदा काम गर्ने र विश्राम गर्ने दुवै समय मिल्ने उनीहरुले बताएका छन् । उनीहरुले नेपालमा यस्ता उद्योगहरु थप खोलिनुपर्ने बताएका छन् । काम गरे अनुसारको तलव र सुविधा पाएको भन्दै उनीहरुले कामप्रति पूर्ण सन्तुष्टि व्यक्त गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार