स्वास्थ्य बीमा रकम ५ लाखमा पुर्‍याउने तयारी

काठमाडौं : सरकारले स्वास्थ्य बीमाको दायरा बढाएर पाँच लाख रुपैयाँ पुयाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बिहीबार आयोजित स्वास्थ्य क्षेत्रको राष्ट्रिय संयुक्त समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै यसबारे जानकारी दिएका हुन् ।

मन्त्री पौडेलका अनुसार हालको स्वास्थ्य बीमा कार्यक्रमले नै नागरिकलाई आधारभूत र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पु¥याइरहेको छ । यसलाई थप प्रभावकारी बनाउन बीमाको सीमा हालको एक लाखबाट पाँच लाख रुपैयाँ पुयाउने योजनामा सरकार क्रियाशील रहेको उनले बताए ।

धनगढी सूचना

‘स्वास्थ्य बीमा कार्यक्रमलाई फराकिलो बनाउन ऐन र नियमावलीमा आवश्यक परिमार्जन गर्दैछौं,’ उनले भने । हाल सरकारले मिर्गौला प्रत्यारोपण, हेमोडायलासिस, मुटु, क्यान्सर, स्पाइनल इन्जरी, अल्जाइमर, आमा सुरक्षा कार्यक्रम, गर्भवती जाँचजस्ता सेवाहरूमा फरक शीर्षकअन्तर्गत रकम वितरण गर्दै आएको छ ।

स्वास्थ्य विमालाई पाँच लाखसम्म पु¥याउनको लागि सबै नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गरी बीमा कोष वृद्धि गर्ने प्रक्रिया अघि बढेको प्रमुख डा. सापकोटाले जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार