उद्योगमन्त्री भण्डारी भन्छन् उद्योगसँग सम्बन्धित ऐन, कानुन र नीतिलाई लगानी मैत्री बनाउँछौँ !

काठमाडौँ : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारले निजी क्षेत्रको मागअनुसार उद्योगसँग सम्बन्धित ऐन कानुन र नीतिहरू लगानी मैत्री बनाउने बताएका छन्।

बिहिबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै उद्योगमन्त्री भण्डारीले यस्तो बताएका हुन्। उनले सरकार निजी क्षेत्रको मनोबललाई उच्च बनाउँदै अर्थतन्त्रमा सुधार तथा आन्तरिक तथा बाह्य लगानीको वातावरण बनाउने प्रयास गरिरहेको बताएका छन्। उनले सरकारले अहिले उद्योग वाणिज्य मन्त्रालयसँग सम्बन्धित कम्पनी ऐन, सार्वजनिक खरिद ऐन र वन तथा वातावरण ऐनलाई परिमार्जन गर्ने तयारीमा रहेको बताएका छन्।

धनगढी सूचना

उनले यी ऐनहरूमा निजी क्षेत्रको सुझावको आधारमा परिमार्जन गर्नुपर्ने विषयलाई परिमार्जन गर्न सरकार तयार रहेको बताएका हुन्। मन्त्री भण्डारीले नीति ऐन कानुनमा रहेको समस्याको विषयमा निजी क्षेत्रले दिएका सुझावको आधारमा नीति निर्माण गर्ने बताएका छन्।

उनले स्वदेशी लगानीलाई उत्साहित मनोबलका साथमा अगाडि बढाउने बताए। उनले निजी क्षेत्रले सरकारसँग राखेको अपेक्षा नीति, ऐन कानुन र सेवा प्रवाहको सहुलियतका विषयमा सरकार सकारात्मक रहेको बताए। उनले लगानीसँग सम्बन्धित मुलुकमा भएका कानुन व्यवसायीहरूले मात्रै व्याख्या गर्न सक्ने खालका रहेको भन्दै वर्तमान सरकार नीति, ऐन कानुनलाई सरल र सबैको बुझ्ने खालको बनाउन लागेको बताएका हुन्।

उनले हालै आएको मुलुकको कन्ट्री रेटिङ रिपोर्टले मुलुकमा लगानीमैत्री वातावरण रहेको देखाएकोले उत्साह छाएको बताए। उनले दक्षिण एसियामा भारतपछि नेपालमा लगानीको राम्रो वातावरण रहेको बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार