बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको एम्बुलेन्सबाट १० ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

काठमाडौं : सिन्धुलीस्थित प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटले सञ्चालन गरेको एम्बुलेन्सबाट ब्राउन सुगर ओसारपसार भइरहेको पाइएको हो।

बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको बाप्र ०१-००२ झ ६६९० नम्बरको एम्बुलेन्सबाट १० ग्राम ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेसँगै यो रहस्य खुलेको हो।

धनगढी सूचना

इलाका प्रहरी बर्दिबासबाट खटिएको टोलीले बुधबार राति बर्दिबास ३ स्थित बीपी राजमार्गमा एम्बुलेन्सको तलासी गर्दा ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ।

एम्बुलेन्सको साइरनमा रहेको माइक्रोफोनभित्र लुकाएको अवस्थामा ब्राउन सुगर बरामद भएको र चालकसहित दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार