काठमाडौं : सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्न इङ्ल्यान्डका सेफ अली जेब र न्युजिल्यान्डका स्कट कुगेलेइन नेपाल आइपुगेका छन् ।
जेबसँग काउन्टी क्रिकेटको अनुभव छ । गत महिना सम्पन्न इङ्ल्यान्डको टी-२० घरेलु प्रतियोगितामा नर्थान्ट्सबाट खेलेका सेफले काउन्टीको दोस्रो श्रेणीमा पनि नियमित खेल्दै आएका छन् ।
सन् २०१५ मा १६ वर्षको उमेरमा पहिलो श्रेणी क्रिकेटमा डेब्यू गरेपछि इङ्ल्यान्डका लागि उमेर समूह क्रिकेट पनि खेलेका थिए । टी-२० करियरमा १ सय ४० भन्दा माथिको स्ट्राइक रेटमा १२ सय रन जोडेका उनले पार्ट टाइम बलिङ गर्दै ३३ को औसतमा १२ विकेट लिएका छन् ।
यस्तै, कुगेलेइनले न्युजिल्यान्डका लागि टेस्ट, ओडीआई र टी-२० आई तीनै फर्म्याटमा खेलेका स्कटले पछिल्लो पटक यसै वर्ष मार्चमा अष्ट्रेलियाविरुद्ध टेस्ट खेलेका थिए । उनको आगमनले टोलीको बलिङ थप मजबुत हुने विश्वास टिमले लिएको छ ।
८ टोलीको सहभागिता भएको एनपीएल मंसिर १५ देखि पुस ६ गते सम्म हुनेछ ।
सुदूरपश्चिमको मार्की खेलाडीमा दीपेन्द्रसिंह ऐरी हुन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज हुन् । राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटा मुख्य प्रशिक्षक हुन् ।
प्रतिक्रिया दिनुहोस्