धनगढी : सुदूरपश्चिम प्रदेशमा उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । सुदूरपश्चिममा रिक्त रहेका पाँच स्थानमा पाँच वटा पदका लागि यही मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ ।
प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले मतपत्रसहितका निर्वाचन सामग्री सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयसम्म पुर्याइसकेको जानकारी दिए । सुदूरपश्चिमका पाँच वटा वडा अध्यक्षका लागि हुने उपनिर्वाचनका लागि १८ वटा मतदान केन्द्र तोकिएको छ ।
बाजुराको स्वामीकात्तिक गाउँपालिकामा उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदै छ भने कञ्चनपुर, डोटी, दार्चुला जिल्लामा चार जना वडाध्यक्षका लागि निर्वाचन हुँदैछ ।यसैबिच मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनका लागि आज राति १२ बजेदेखि निषेधित ९मौन० अवधि सुरु हुँदैछ । मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुसार आज राति १२ बजेदेखि नै लागू हुने निर्वाचन आयोगले जनाएको छ ।
मौन अवधिका समयमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले भौतिक वा सामाजिक सञ्जालमार्फत मत माग्नसमेत पाइने छैन । निर्वाचनलाई स्वच्छ र निस्पक्ष बनाउनलाई आयोगले मतदानको ४८ भण्टाअघि निषेधित तथा मौन अवधि लागू गर्ने गर्दछ । यस अवधिको पालना भएनभएको बारेमा आयोगले सूक्ष्म अनुगमन गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्