बाजुराको खापर गाउँपालिकामा तीन जना महिला उपाध्यक्ष पदका उम्मेदवार

धनगढीः बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पद रिक्त छ। सो पदका लागि मंसिर १६ गते उपनिर्वाचन हुँदैछ।

निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरूको दौडधुप बढेको छ। भोली राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ। अहिले तीन जना महिला उपाध्यक्ष पदका उम्मेदवार छन्। आफ्नो उम्मेदवार जिताउन केन्द्रदेखि स्थानीय तहका नेताकार्यकर्ता मत माग्न पालिका केन्द्रित बनेका छन्। माओवादी केन्द्रले राजुकुमारी विश्वकर्माको उम्मेदवारी फिर्ता लिएर एमालेकी सुलोचना भण्डारी बुढालाई समर्थन गरेको छ।

यसबाट एमाले थप उत्साहित बनेको छ। २०७९ सालको चुनावमा एमाले उम्मेदवार १७३ मतान्तरले नेपाली कांग्रेसकी मैनादेवी जोशीसँग पराजित भएकी थिइन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार