सुदूरपश्चिममा १६ गते हुने उपनिर्वाचनमा भोलिदेखि कर्मचारी खटाइने

धनगढीः सुदूरपश्चिममा पाँच पालिकामा पाँचवटा पद रिक्त छन्। रिक्त पदका लागि यही मंसिर १६ गते उपनिर्वाचन हुँदैछ।

गाउँपालिका उपाध्यक्षसहित वडाअध्यक्षका लागि निर्वाचन हुन लागेको हो। रिक्त पदमा उपनिर्वाचन लड्न चार महिला, तीन जना स्वतन्त्र उम्मेदवार बाँकी विभिन्न राजनीति दलहरुबाट गरी २६ जना चुनावी मैदानमा छन्।कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाअध्यक्ष पदका लागि १२ जनाको उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। रिक्त रहेका पाँच पदका लागि हुने उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टका अनुसार मतपत्रसहितका निर्वाचन सामाग्री सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगाइएको छ।

पाँचवटा वडाअध्यक्षका लागि हुने उपनिर्वाचनका भइरहेकोमा १८ वटा मतदान केन्द्र तोकिएको छ। बाजुराको स्वामीकार्तिक गाउँपालिकामा उपाध्यक्ष पदका लागि उपनिर्वाचन भइरहेको छ। त्यहाँ ७ हजार ४६० मतदाता छन् भने पाँच मतदान केन्द्र तोकिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार