दार्चुलामा चिसो बढेपछी तिंकर सीमा प्रहरी चौकी छाङरु सर्‍यो

दार्चुला – सबैभन्दा उचाइमा रहेको तिंकरस्थित सीमा प्रहरी चौकी छियालेकबाट छाङरु झरेको छ । तिंकरमा चिसो बढेपछि सीमा प्रहरी चौकी छाङरु झरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ब्यास गाउँपालिका–१ टिंकरस्थित छियालेकमा रहेको सीमा प्रहरी चौकी चिसो बढेपछि छाङरु झरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कान्तिराज जोशीले बताए ।

छियालेकबाट प्रहरी टोली मंसिर ८ गते छाङरु झरेको हो । चिसो बढेपछि तिंकरका स्थानीय भने चिसो छल्न सदरमुकाम झर्ने गरेका छन् । सर्वसाधारण सदरमुकाम गएपछि प्रहरी भने छाङरु झरेका हुन् ।

प्रहरी नायब निरीक्षक चक्रबहादुर सिंह नेतृत्वको टोली मंसिर ८ गते छाङरु झरेको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार