बाजुरा : बाजुराको बुढीनन्दामा आगलागीबाट तीन घर जलेपछि नगरपालिकाले राहत वितरण गरेको छ ।
बुढीनन्दा नगरपालिका-४ ताडीका गुलाव बोहरा, भीमलाल बोहरा र हिरामणी बोहराको घरमा आइतबार आगलागी भएको थियो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आगलागीबाट तीनओटै घर जलेर नष्ट भएका र ४५ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको थियो ।
घर जलेपछि उनीहरु आफन्तकोमा बस्दै आएका छन् । तीनै जनाको परिवारलाई नगरपालिकाले प्रतिपरिवार ३० हजारका दरले राहत वितरण गरेको नगरपालिकाका विपद फोकल पर्सन धर्मराज पाध्यायले बताए ।
प्रतिक्रिया दिनुहोस्