लागुऔषध र खैरो हेरोईनसहित दुई जना पक्राउ

धनगढी : कैलालीमा लागुऔषध खैरो हेरोईनसहित दुई जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१० को जुगेडाबाट सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको टोलीले खैरो हेरोईनसहित दुई जनालाई पक्राउ गरेको हो।

SHIKHAR COOL TECH

पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–५ का ३५ वर्षीय काशिराम खड्का र धनगढी–१० बस्ने २५ वर्षीय कमल बन्जरा ठाकुर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उनीहरुको साथबाट ६ ग्राम ४६० मिलीग्राम खैरो हेरोईन बरामद गरिएको छ। दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार