धनगढी : कैलालीबाट २ जना फरार प्रतिवादी पक्राउ परेका छन । विना इजाजत राष्ट्रिय वन पैदवार काटी ओसार पसार र सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका हुन ।
सोमबार विना इजाजत राष्ट्रिय वन पैदवार काटी ओसार पसार गरेको सम्बन्धि कसुर मुद्दामा १ महिना कैद सजाय र २ लाख ६५ हजार ३९० जरिवाना तोकिएको गौरीगंगा नगरपालिका–७ बस्ने ४५ वर्षीय रमित चौधरी र सवारी ज्यान मुद्दामा ३ महिना कैद सजाय र २ हजार जरिवाना तोकिएको टीकापुर नगरपालिका–३ बस्ने ४८ वर्षीय रामबहादुर थारु पक्राउ परेका प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्