रवि लामिछानेको गिरफ्तारीको विरोधमा माइतीघर मण्डलामा विरोध प्रदर्शन

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्ताहरूले सभापति रवि लामिछानेको गिरफ्तारीको विरोधमा काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।

लामिछानेलाई सहकारी ठगी प्रकरणमा पक्राउ गरिएको भन्दै कार्यकर्ताहरूले यसलाई ‘राजनीतिक प्रतिशोध’ को संज्ञा दिएका छन् । प्रदर्शनका क्रममा प्रदर्शनकारीले रवि दाइलाई रिहा गर, रवि दाइलाई न्याय दे लगायतका नारा र प्लेकार्ड बोकेका थिए ।

लामिछानेलाई गत कार्तिक २ गते पार्टी मुख्यालयबाट पक्राउ गरिएको थियो, जसको विरोधस्वरूप रास्वपाले विभिन्न क्षेत्रमा प्रदर्शन गरिरहेको छ​ ।

लामिछानेलाई सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणका आरोपमा काठमाडौं ल्याउने तयारी गरिएको छ। यसअघि उनलाई कास्की जिल्ला अदालतमा अनुसन्धानका लागि राखिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार