काठमाडौँ : प्रहरी प्रधान कार्यालयले आफूखुशी गैरहाजिर रहेका २८ प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।
केही समयदेखि आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा सम्पर्कमा नआएको भन्दै प्रधान कार्यालयको कानुन शाखाले सूचना निकालेको छ ।
७ दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा नआए प्रहरी नियमावलीअनुसार सेवाबाट हटाउने कारबाही हुने कार्यालयले सोमबार जारी गरेको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्