कैलाली बहुमुखी क्याम्पसले टियु टपर धरणीधर भट्टलाई सम्मान गर्ने

धनगढी : कैलाली बहुमुखी क्याम्पसको स्नातक तह व्यवस्थापन संकायतर्फ बीबीएम कार्यक्रममा त्रिभुवन विश्वविद्यालय टप गर्ने विद्यार्थी धरणीधर भट्टलाई क्याम्पसले सम्मान गर्ने भएको छ।

आज सोमबार एक सूचना निकाल्दै क्याम्पसले उक्त कुराको जानकारी गराएको हो। २०८१ सालमा त्रिभुवन विश्वविद्यालय टप गर्ने मेधावी विद्यार्थी धरणीधर भट्टलाई क्याम्पसले मङ्सिर १२ गते का दिन एक कार्यक्रमको आयोजना गरी सम्मान गर्न लागेको क्याम्पस प्रमुख तोयराज भट्टको हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ।

SHIKHAR COOL TECH

धरणीधर भट्ट सुरुदेखि नै विश्वविद्यालय टप गर्दै आएका थिए। अन्तिम नतिजामा पनि भट्टले उत्कृष्ट नतिजा ल्याउँदै विश्वविद्यालय नै टप गरेका हुन् ।

कैलाली बहुमुखी क्याम्पसका मेधावी विद्यार्थी भट्ट पछिल्लो समय शिक्षाप्रति रुचि हराउँदै गएका विद्यार्थीहरूको लागि प्रेरणाका पात्र बन्न सफल भएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

78%

खुसी

0%

दु :खी

0%

अचम्मित

22%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार