पहिलो टेस्ट क्रिकेटमा २ सय ९५ रनले अस्ट्रेलियालाई हराउँदै भारतले इतिहास रचे !

काठमाण्डौ : भारतले अस्ट्रेलियालाई पहिलो टेस्ट क्रिकेटमा २ सय ९५ रनले हराएको छ । पर्थमा भएको खेलमा अस्ट्रेलियालाई हराउँदै भारतले इतिहास रचेको छ । अस्ट्रेलियाले पर्थमा पहिलो पटक टेस्ट क्रिकेटमा हार बेहोरेको हो ।

भारतले दिएको ५ सय ३४ रनको लक्ष्य पछ्याएको घरेलु टोली अस्ट्रेलिया खेलको चौथो दिनको चिया समयपछि २ सय ३८ रनमा अलआउट भयो । दोस्रो पारीमा अस्ट्रेलियाका ट्राभिस हेडले सबैभन्दा धेरै ८९ रन बनाए । भारतका कप्तान जसप्रीत बुमराह र मोहम्मद सिराजले ३र३ विकेट लिए ।

दोस्रो पारीमा भारतले ६ विकेट गुमाएर ४ सय ८७ रन बनाउँदै पारी समाप्तिको घोषणा गरेको थियो । भारतका यशस्वी जयसवाल र विराट कोहलीले शतक तथा केएल राहुलले अर्धशतक बनाए । अस्ट्रेलियाका नाथन लायनले २ विकेट लिए ।

यसअघि पर्थमा टस जितेर ब्याटिङ गरेको भारतले पहिलो पारीमा १ सय ५० रन बनाएको थियो । भारतका नितिश रेड्डीले सबैभन्दा धेरै ४१ रन बनाए । अस्ट्रेलियाका जोश हेजलवूडले ४ विकेट लिए । यस्तै अस्ट्रेलिया पहिलो पारीमा १ सय ४ रनमा अलआउट भएको थियो ।

अस्ट्रेलियाका मिचेल स्टार्कले सबैभन्दा धेरै २६ रन बनाए । भारतका कप्तान जसप्रीत बुमराहले ५ विकेट लिए । यो जीतसँगै भारतले पाचँ खेलको शृङ्खलाको बोर्डर गभास्कर ट्रफीमा १–० ले अग्रता लिएको छ । शृङ्खलाको दोस्रो खेल आउँदो डिसेम्बर ६ देखि एडिलेडमा शुरू हुनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार