बाजुरामा घाइते २ जनाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार

बाजुरा : बाजुराको बिच्छ्याँमा आइतबार रुखमा च्यापिएर घाइते भएका दुई जनाको सोमबार बिहान नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ।

४८ वर्षीय सिदुपुरी रोकाया र अन्दाजी ३० वर्षीय पर्मलाल सुनारको आइतबार हेलिकोप्टर नपाएर उद्धार हुन सकेको थिएन। घाइते दुबै जनालाई उपचारका लागि सोमबार बिहानै सुर्खेत पठाइएको बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताए।

रुखमा च्यापिएर हिमाली गाउँपालिका–३ बिच्छ्याँका ४३ वर्षीय सुपधन बुढाको घटनास्थलमै मृत्यु भएको थियो। गाउँमा बिजुली पुगाउन काठको पोल बनाउन सल्लाको रुख काट्दै गर्दा रुखमा च्यापिएर एक जनाको घटनास्थलमै मृत्यु भएको थियो भने रोकाया र सुनार गम्भीर घाइते भएका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार