बाजुरा : बाजुरामा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ ।
आइतबार हिमाली गाउँपालिका-३ बिच्छ्या युनामा विद्युतको लाइन तान्नका लागि रुख काट्ने क्रममा रुखले च्यापिएर अन्दाजी ४३ वर्षीय सुपधन बुढाको घटनास्थलमै मृत्यु भएको हो ।
रुखले च्यापिएर दुई जना गम्भीर घाइते भएका छन् । सोही ठाउँका अन्दाजी ४८ वर्षका सिदुपुरी रोकाया र अन्दाजी ३० वर्षका पर्मलाल सुनार गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
युनामा रहेको कादुरी जलविद्युत आयोजनाको लाइन तान्नका लागि सल्लाको रुख काट्ने क्रममा उक्त घटना घटेको कार्यालयका प्रहरी निरीक्षक जनकबहादुर बोहराले बताए । उनले घाइतेहरुलाई उपचारका लागि अस्पताल ल्याउन हेलिकोप्टरको पहल भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्