बझाङ घर बताउने ६ वर्षीय बालक धनगढीमा फेला परे !

धनगढी : बझाङ घर बताउने ६ वर्षीय बालक धनगढीमा फेला परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मित्रनगर नजिकै ती बालक अलपत्र अवस्थामा भेटिएका हुन्।

स्थानीय जगदिश भट्ट सडकमा रुदै गरेको अवस्थामा ती बालकलाई फेला पारेका हुन्। करिब ६ बर्षका ती बालकले आफ्नो घर बझाङ भएको र काकीसँग धनगढी आएको बताएको बालक फेला पारेर प्रहरीमा बुझाएका भट्टले बताए।

SHIKHAR COOL TECH

अहिले ती बालकलाई प्रहरीको जिम्मा लगाइएको छ। बालकलाई मित्रनगर प्रहरी पोष्टको जिम्मा लगाइएको छ। बालकलाई चिन्ने वा उनका आफन्तलाई कैलाली प्रहरीमा सम्पर्क गर्न आग्रह गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार