बाजुरा : जिल्ला प्रशासन कार्यालय बाजुरामा हुलाक काउन्टर स्थापना गरिएको छ । सेवा प्रवाहलाई सहज, झन्झटरहित एवं छिटोछरितो बनाउने किसिमले सेवा सुरु गरिएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताए ।
उनका अनुसार करिब एक वर्षसम्म जिल्ला हुलाक कार्यालयका कर्मचारी प्रशासनमा राखेर हुलाक टिकट वितरण गरिँदै आएकामा अहिले प्रशासन कार्यालयमै काउन्टर स्थापना गरिएको हो । सेवाग्राहीहरुलाई हुलाक टिकट वितरणका लागि काउन्टरमा एक जना कर्मचारी पनि राखिएको छ ।
प्रशासनमै निःशुल्क रुपमा हुलाक टिकटको व्यवस्थाले सेवाग्राहीको समय पनि बचत हुने र कार्यालयको सेवा समेत पारदर्शी हुने प्रमुख जिल्ला अधिकारी पाध्याले बताए । योसँगै सेवाग्राहीहरुलाई टिकट लिन हुलाक कार्यालयसम्म जानुपर्ने बाध्यता पनि हटेको छ ।
प्रतिक्रिया दिनुहोस्