गत शुक्रबार ‘तेल भिसा’ र ‘अग्निदहन’ गरी दुइटा फिल्म एकसाथ रिलिज, कस्तो छ सुरूआती व्यापार ?

काठमाडौं : पछिल्लो समय एकपछि अर्को फिल्मले राम्रो व्यापार गरिरहेका छन्। तिहारमा रिलिज ‘पूर्णबहादुरको सारंगी’ ले चौथो सातामा पनि राम्रो कमाइ गरिरहेको छ।

कात्तिक ३० मा रिलिज ‘ह्रस्व दीर्घ’ को व्यापार पनि सुखद् छ। यस्तोमा गत शुक्रबार ‘तेल भिसा’ र ‘अग्निदहन’ गरी दुइटा फिल्म एकसाथ रिलिज भए।

Seti Hospital

यी दुवै फिल्मले पहिलो दिन राम्रो व्यापार गर्न सकेनन्। शनिबार ‘तेल भिसा’ को व्यापारमा भने सुधार देखियो। काठमाडौंसहित मुख्य सहरमा फिल्मले दर्शकको साथ पायो। कतिपय शो हाउसफुल समेत भए।

शुक्रबार र शनिबार फिल्मका मुख्य अभिनेता विपिन कार्की, अभिनेत्री ऋचा घिमिरे र निर्देशक शंकर घिमिरे काठमाडौंका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार समेत गरेका थिए। त्यसक्रममा दर्शकले फिल्मको कथावस्तु, कलाकारको अभिनय मन परेको प्रतिक्रिया दिए। 

दर्शक प्रतिक्रियाले ऊर्जा थप्नुका साथै उत्साहित बनाएको निर्माण टिमको प्रतिक्रिया थियो। ‘वर्ड अफ माउथ’ सकारात्मक रहेकाले व्यापारले विस्तारै गति समात्ने निर्माण टिमको विश्वास छ। 

‘तेल भिसा’ सँगै प्रदर्शनमा आएको ‘अग्निदहन’ को व्यापार भने निराशाजनक देखिएको छ। दर्शक नभएपछि क्युएफएक्सले दुई दिनमै ‘अग्निदहन’ लाई हलबाट उतारिसकेको छ। यो फिल्म क्युएफएक्स बाहेकका एकाध हलमा मात्र छ। 

‘तेल भिसा’ लाई शंकर घिमिरेले लेखन तथा निर्देशन गरेका हुन्। यसमा नेपालमा रहेका अभिभावक र अमेरिकामा रहेका सन्तानबीचको कथा देखाइएको छ। फिल्ममा विपिन र ऋचासहित वर्षा राउत, पूजा चन्द, बुद्धि तामाङ लगायत कलाकारको शीर्ष अभिनय छ। यसमा विपिनले बृद्ध र जवान गरी दुइटा फरक चरित्र (डबल रोल) निर्वाह गरेका छन्।

त्यस्तै, ‘अग्निदहन’ घनश्याम लामिछाने निर्देशित फिल्म हो। साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर फिल्म तयार पारिएको हो। यसमा प्रकाश घिमिरे, माओत्से गुरूङ, कोविदशरण उपाध्याय, अनुपमा भण्डारी, प्रमिला तुलाचन, तुलसी क्षेत्री लगायत कलाकारहरूको अभिनय छ। समाजमा बोक्सी हुँदैन भन्ने सन्देश यो फिल्मले दिन्छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार