काठमाडौँ : दुर्गा प्रसाईँलाई म्याद थपको लागि अदालत लगिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक सामग्री सार्वजनिक गरेपछि पक्राउ परेका प्रसाईँलाई काठमाडौँ जिल्ला अदालत लगिएको हो
प्रसाईँलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न दिइएको म्याद आज सकिएको छ । उनलाई फेरी म्याद थपका लागि अदालत लगिएको हो ।
प्रसाईँ गत मङ्गलवार भक्तपुरस्थित आफ्नो निवासबाटै पक्राउ परेका थिए । उनीमाथि साइवर अपराधसहित विभिन्न मुद्दामा अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्