उपचुनावका लागि दुई लाख बढी मतपत्र छापिए !

काठमाडौँ : यही मंसिर १६ गते हुने स्थानीय तह उपचुनावका लागि मतपत्र छपाइको काम सकिएको छ । निर्वाचन आयोगले दुर्गम क्षेत्रमा मतपत्रसहितका आवश्यक निर्वाचन सामग्री पठाइसकिएको जनाएको छ ।

आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले मतपत्र छाप्ने काम हिजो सकिएको र २ लाख ५९ हजार मतपत्र छापिएको बताइन् । उम्मेदवारको सङ्ख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका चुनाव चिह्न मात्र समावेश गरी मतपत्र तयार पारिएको आयोगले जनाएको । हरेक पदका लागि छुट्टाछुट्टै मतपत्र छन् ।

पालिकाका रिक्त ४४ पदमध्ये तीन जना निर्विरोध भइसकेकाले अब ४१ ठाउँमा मतदान हुनेछ । निर्वाचन आयोगकाअनुसार ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएका छन् ।

साथै रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका वडा नम्बर–२ को वडा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार