धनगढीका पत्रकार विवेक नागरिकलाई ज्यान मार्ने धम्की आएपछि….

धनगढी : धनगढीका पत्रकार विवेक नागरीलाई ज्यान मार्ने धम्की दिएको छ। एभिन्युजका पत्रकार विवेक नागरीलाई विनोद चेमजुङले ज्यान मार्ने धम्की दिएका हुन् । 

टेडी टूर एन्ड ट्राभल्सका कर्मचारी विनोद चेमजुङले पत्रकार नागरिकलाई समाचार लेखेकै कारण गालीगलौच गर्दै ज्यान मार्ने धम्की दिएका छन्। नेपाली मजदुरलाई भारतको पलियामा अलपत्र छाडेको समाचार प्रकाशित गरेपछि पत्रकार विवेक नागरिकलाई टडी टूर एण्ड ट्राभलका कर्मचारी चेमजुङले ९८४८६३७११७ नम्बरको मोबाइलबाट मङ्सिर ५ गते मध्यराति ११:५ बजे धम्की दिएको थियो ।

SHIKHAR COOL TECH

फोनबाट पत्रकार नागरिकलाई समाचार लेखेको विषयमा अपशब्द बोल्दै ज्यान मार्ने धम्की दिएको हो । पत्रकार नागरिकले जिल्ला प्रहरी कार्यालय कैलालीमा किटानी जाहेरी समेत दिएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता कविन्द्र बोहराले पत्रकारलाई धम्क्याउने चेमजुङलाई खोजी कार्य तीव्र पारिएको बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार