काठमाडौँ : एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्गा प्रसाईंले ढाँटवादको अभियान चलाइरहेको भन्दै ढाँटवादलाई लोकप्रियतावाद भन्न नमिल्ने बताएका छन् ।
शुक्रबार राजधानीको दरबारमार्गमा आयोजित एमालेको जागरण सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘लोकप्रियतावाद भन्ने शब्द मिलेको छैन । ढाँटवादलाई लोकप्रियतावाद भन्न मिल्दैन । मान्छेलाई नभएको कुरा हो भनेर अनेक प्रकारका नक्कली चिर्कटा देखाएर हुँदैन,’ ओलीले भने ।
उनले प्रसाईँले कम्बोडियामा भएको दाबी गरिएको लगानीको प्रमाण देखाउन चुनौती दिँदै भ्रम फैलाउन नपाइने बताए ।
प्रतिक्रिया दिनुहोस्